३० आश्विन २०८३, शुक्रबार

चित्लाङमा भेटियो दुर्लभ राजगोमन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टिस्टुङ, ९ भदौ । दुर्लभ र विषालु मानिने राजगोमन (किङ्ग कोब्रा) प्रजातिको सर्प उत्तरी मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा भेटिएको छ ।

गत साउन ७ गते राती चित्लाङका बुद्ध बलामीले आफ्नै घरभित्र अनौठो सर्प देखेपछि वडाध्यक्ष पर्शुराम श्रेष्ठलाई फोन गरेका थिए । बलामीले स्थानीय क्षेत्रमा पाइने सर्प छोपेर बसिरहेका अवस्थामा राजगोमनलाई देखेका थिए ।

भक्तपुरबाट सर्प उद्धार समूहका सदस्य बोलाई सोमबार राजगोमनको उद्धार गरिएको थियो । राजगोमन ९ फिट १० इन्च लामो र चार किलो तौलको छ । उद्धारपछि समूहका सदस्यले स्थानीयवासीलाई राजगोमनका बारेमा जानकारी गराएका थिए ।

उद्धार गरिएको राजगोमनलाई चित्लाङस्थित चन्द्रागिरि जङ्गलमा लगेर सुरक्षित तवरले छाडिएकोे वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । रासस