
महोत्तरी, ९ भदौ । महोत्तरीमा कोरोना भाइरस संक्रमणबाट मंगलबार थप २ जनाको मृत्यु भएको छ ।
मनरा सिस्वा नगरपालिका–५ का ७५ वर्षीय र बलवा नगरपालिका–३ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा ७५ वर्षीय पुरुषको बाटोमै मृत्यु भएको बताइएको छ ।
त्यस्तै अर्का मृतक ६६ वर्षीय पुरुषको ढाडमा लामो समयदेखिको समस्या भएको बताइएको छ ।
यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।















प्रतिक्रिया