
काठमाडौं, ९ भदौ । जबरजस्ती करणी गरेको आरोपमा काभ्रेका कुमार प्रसाद धिमाल र सुनसरीका मोहमद ईर्साद आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका ताथलीस्थित लजमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–११ बस्ने ४३ वर्षीय कुमारप्रसाद धिमाललाई प्रहरीले पक्राउ गरेको हो ।
असार २२ गते दिउँसो ती महिलालाई जबरजस्ती करणी गरी फरार भएका धिमाल सोमबार दिउँसो आफैं महानगरीय प्रहरी परिसर भक्तपुरको सम्पर्कमा आएपछि नियन्त्रणमा लिएको हो ।
यस्तै सुनसरी, रामधुनी नगरपालिका–५ झुम्का बस्ने भोक्राहा नरसिंह गाउपालिका–४ का ४६ वर्षीय मोहमद ईर्साद आलमलाई पनि प्रहरीले पक्राउ गरेको छ । एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मोहमदले गत साउन २६ गते दिउँसो मोरङ घर भएकी ती किशोरीलाई ललाई फकाई धरान उपमहानगरपालिका–१८ स्थित एक होटेलमा लगेर जबरजस्ती करणी गरेका थिए ।















प्रतिक्रिया