३० आश्विन २०८३, शुक्रबार

‘कोरोना संक्रमण रोकथामका लागि सरकारलाई सबैको साथ चाहिन्छ’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । राष्ट्रिय जनमोर्चाले विश्वव्यापी कारोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा यतिबेला सरकारलाई सबैको साथ चाहिएको बताएको छ ।

यतिबेला देशमा कोरोना भाइरसको प्रकोप तीव्र रुपमा फैलिरहेको अवस्थामा सरकारले विभिन्न ठाउँमा गरेको सिल, निषेधाज्ञा र लकडानको सबैले पालना गर्नुपर्ने जनमोर्चाको भनाइ छ । कोरोनाको औषधि वा खोप पत्ता नलगाइसकेको अवस्थामा कोरोना संक्रमणको रोकथामका लागि कैयौँ जिल्ला र पालिकाहरुमा लकडाउन, सिलबन्दी वा निषेधाज्ञा जारी गर्नु सकारात्मक भएको जनमोर्चाको ठहर छ ।

‘पीसीआर परीक्षण, आइसोलेसन, क्वारेन्टिनको क्षमता आदि बढाउँदै लाने प्रयास सरकारले गरेको छ । त्यसलाई हामीले सकारात्मक मान्दछौँ’, जनमोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कारोना संक्रमण रोकथामका लागि सरकार, सरकारी तथा गैरसरकारी निकाय, संघ, संस्था र आम जनताको सहयोग र समर्थन चाहिन्छ ।’

तर, केही ठाउँमा कोरोनाको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यर्मीमाथिको दुर्व्यवहार भएको घटनाप्रति जनमोर्चाले दुःख व्यक्त गरेको छ । ‘स्वास्थ्यकर्मीहरुलाई डेरा, होटेल तथा टोलमा बस्न नदिने र उनीहरुमाथि दुर्व्यवहार गर्ने कुरा सही होइन । त्यसको हामीले विरोध गर्दछौँ । त्यस प्रकारको व्यवहार गर्नेलाई कारबाही हुनु पर्दछ । स्वास्थ्यकर्मीहरुलाई त्यस प्रकारको व्यवहारबाट रक्षा गर्न र चुनौतीपूर्ण घडीमा पनि उनीहरुको सेवाको कदर गर्दै आवश्यक सुविधा उपलब्ध गराउन पनि हामीले सरकारसँग आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

सुरक्षाकर्मीहरुले पनि जोखिमको नजिक रहेर आप्mनो कर्तव्य पालन गरेका छन् । उनीहरुको सेवाको कदर गर्दै जोखिमबाट बच्ने आवश्यक सुविधामा ध्यान दिन सरकारलाई जनमोर्चाले आग्रह गरेको छ ।

यसैबीच पार्टीले नेपालको राष्ट्रिय झण्डा जलाएको दृष्यसहित खास जाति र सम्प्रदायप्रति द्वैष फैलाउने भिडियो निर्माण गर्ने र मिडियामा राख्ने कार्यप्रति घोर विरोध र भत्र्सना गरेको छ ।

‘सबैलाई थाहा भएकै कुरा हो कि नेपालमा नेपालको राष्ट्रिय एकता, धार्मिक तथा सामुदायिक सद्भाव र सामाजिक एकतालाई खलबल्याई आफ्ना निहीत उद्देश्य पूरा गर्न चाहने तत्वहरु सक्रिय छन्’, विज्ञप्तिमा लेखिएको छ, ‘विशेषगरी पश्चिमा साम्राज्यवादी केही देशहरुले यस्ता कार्य गर्ने, गराउने त्यस्ता समूहहरुमाथि लगानी गरेका छन् । त्यस्ता तत्वहरुबाटै त्यसप्रकारको कार्य भएकोमा कुनै शंका छैन । उक्त कार्यमा नेपालको संविधान अनुसार राष्ट्रिय एकता, जातीय तथा सामुदायिक सद्भावविरुद्ध समेत भएकाले त्यस कार्यमा संलग्न अपराधीहरुलाई कारबाही गर्न जोड दिन्छौँ ।’

यस्तो अवस्थामा हामीले सबै राष्ट्रिय एकता, जातीय तथा सामुदायिक सद्भावका पक्षधर शक्तिहरु सचेत, सर्तक र एकताबद्ध हुन जनमोर्चाले अपील गरेको छ ।