
काठमाडौं, ९ भदौ । सुनको मूल्य मंगलबार प्रतितोला ७०० रुपैयाँ घटेर ९७ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५०० रुपैयाँ घटेर प्रतितोला ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने मंगलबार घटबढ भएको छैन । चाँदी मंगलबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया