६ मंसिर २०८३, आइतबार

अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन निर्देशन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ९ भदाै । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरूलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन निर्देशन दिएको छ ।

विभिन्न जिल्ला तथा पालिकामा निषेधाज्ञाका कारण दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत अवरोध आएको गुनासोपछि मन्त्रालयले अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन निर्देशन दिएको हो ।

मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकालाई पत्र पठाएर अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज रुपमा हुने व्यवस्था मिलाउन भनेको छ ।

तरकारी, दूधलगायतको ढुवानी सहज नहुँदा किसानको उत्पादन खेर गइरहेको र उपभोक्ताले सामान नपाउने तथा महँगो मूल्य तिर्नुपर्ने गुनासो बढेको छ ।

ढुवानी सहज नभएकाले कतै उत्पादन खेर जाने र कतै मूल्य बढ्ने गरेको व्यवसायीले बताएका छन् ।