
काठमाडौं, ८ भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज सोमबारदेखि ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ आयोजना गरेको छ ।
प्राधिकरणले विगत ५ वर्षदेखि गरेका कामको अनुभवहरु आदानप्रदान गर्न भर्चुअल माध्यमबाट ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ आयोजना गरेको हो ।
तीन दिनसम्म चल्ने कार्यक्रममा २०७२ सालको भूकम्पपछिको ५ वर्षमा पुनर्निर्माण र पुनः स्थापना कार्यबाट प्राप्त गरेका अनुभव र सिकाइहरु आदान प्रदान हुने छ ।
कार्यक्रमको शुभारम्भ गदैं प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ५ वर्षमा पुनर्निर्माणका अधिकांश कामहरु सम्पन्न गरेको बताए ।
सात लाख ९० हजार भन्दा बढी निजी घरहरुको पुनर्निर्माणका लागि अनुदान सम्झौता सम्पन्न भएकोमा हालसम्म ७६ प्रतिशत अर्थात ६ लाख भन्दा बढी घरहरु पुनर्निर्माणको अन्तिम चरणमा पुगेको बताए ।
उनले ८८ प्रतिशत घरहरुको दोस्रोचरणको काम सम्पन्न भएको र ९० प्रतिशत घरधनीले निर्माणका लागि सम्झौता गरिसकेको बताए ।
कार्यक्रम भदौ ११ गतेसम्म चल्ने छ ।
विस्तृत समाचारका लागि तलको लिंकमा जानुहोस्















प्रतिक्रिया