३० आश्विन २०८३, शुक्रबार

चीन, रुस र बेलायतले बनाएको कोरोनाविरुद्धको खोप नेपालमा परीक्षण प्रक्रिया शुरु

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नेपालमा चीन, रुस र बेलायतले बनाएको कोरोना विरुद्धको खोपको परीक्षण हुने भएको छ ।

खोप परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृति दिएको हो । तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले परीक्षणका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए ।

स्वीकृति पाएसँगै परिषद्ले प्रक्रिया अगाडि बढाएको छ । चीनको होङ्सी ग्रुप, बेलायतको अक्सफोर्ड ग्रुप र रुसी कम्पनीलगायत सात कम्पनी नेपालमा खोपको परीक्षण गर्न इच्छुक देखिएको बताइएको छ । खोपको परीक्षण जनावर र मानिस दुबैमा गर्ने तयारी छ ।