मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

सुनको मूल्य प्रतितोला ५०० घट्यो

दैनिक नेपाल २०७७ भदौ ८ गते १२:१२

काठमाडौं, ८ भदौ । सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ ।

सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्यसमेत घटेको छ । सोमबारका लागि चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले घटी हो । आइतबार चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित