लण्डन, ८ भदाै । जर्मन क्लब बायर्न म्युनिखले यरोपियन च्याम्पियन्स लिगको उपाधि हातपारेकाे छ ।
आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो । म्युनिखल लिगकाे उपाधी छैटौं पटक जितेकाे हाे ।
पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले एकमात्र गोल गरे ।
आफ्नै देशको क्लबलाई हराउन गोल गरेका २४ वर्षीय कोमनले करियरको २०औं उपाधि जितेका छन् ।















प्रतिक्रिया