बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

ट्राफिक प्रहरीलाई ग्लोबल आईएमई बैंकद्वारा ट्राफिक संकेत बोर्डहरू हस्तान्तरण

दैनिक नेपाल २०७७ भदौ ७ गते १५:५५

काठमाडौं, ७ भदौ । ग्लोबल आईएमई बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरू हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सामग्री हस्तान्तरण गरेको बैंकले बताएको छ ।

आइतबार एक कार्यक्रम आयोजना गरी बैंकको गाइघाट शाखाका प्रबन्धक रविनराज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होमप्रसाद खनाललाई उक्त जनचेतनामुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरू हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक खनालले बैंकले प्रदान गरेको ट्राफिक संकेत बोर्ड तथा पोलहरू जिल्लाभरका आवश्यक स्थानहरूमा राखिने बताए । उक्त संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुर्याउने उनको भनाइ छ ।

यस्तै शाखाका प्रबन्धक दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको सो अवसरमा जानकारी दियो ।

प्रतिक्रिया
सम्बन्धित