३० आश्विन २०८३, शुक्रबार

प्रतिताला ४०० रुपैयाँ घट्यो सुनको मूल्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । नेपाली बजारमा आइतबार सुनको मूल्य थोरै घटेको छ ।

सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर ९८ हजार ४०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० कायम भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि सामान्य कमी आएको छ । आइतबार चाँदी प्रतितोला र २५ रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।