३० आश्विन २०८३, शुक्रबार

मनमैजु हत्या काण्डका आरोपीमा कोरोना संक्रमण देखियो

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । मनमैजुमा हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत साउन ३० गते राती मनमैजुको एक खाजा घरमा विवाद हुँदा ती व्यक्तिले नुवाकोटका लक्ष्मण तामाङको हत्या गरेका थिए । उनले तामाङमाथि चक्कु प्रहार गरी घाइते बनाएका थिए भने अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले उनलाई हत्या भएको २४ घण्टा नबित्दै माछापोखरीस्थित एक गेष्ट हाउसबाट पक्राउ गरेको थियो ।
उनको कोरोना परीक्षण गर्दा गत शुक्रबार संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसर महाराजगञ्जले जानकारी दिएको छ ।

कन्ट्याक्ट ट्रेसिङ गर्दा सम्पर्कमा आएका ५ जना प्रहरीमा पनि संक्रमण देखिएको बताइएको छ ।