
काठमाडौं, ७ भदौ । बैंक तथा वित्तीय संस्थाहरुले अत्यन्त न्यून संख्यामा मात्रै शाखा सञ्चालनमा ल्याएपछि उपत्यकाको बैंकहरुमा भीडभाड बढेको छ ।
उपत्यकामा निषेधाज्ञाको घोषणासँगै एउटा बैंकले ३ वटा शाखा मात्रै सञ्चालनमा ल्याएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरमा एउटा बैंकले एउटा मात्रै शाखा सञ्चालनमा ल्याएका हुन ।
नेपालको सबैभन्दा पुरानो सरकारी स्वामित्वको नेपाल बैंकले काठमाडौंको न्यूरोड, ललितपुरको गावाहाल र भक्तपुरको ठिमी शाखा सञ्चालनमा ल्याएको सार्वजनिक सूचनामार्फत सूचना जारी गरेको छ ।
यसैगरी नबिल बैंकले भने काठमाडौंमा दुई वटा शाखा तथा ललितपुर तथा भक्तपुरमा एक÷एक वटा शाखा खोलेको बताएको छ ।
बैंकले सीमित शाखाबाट सेवा दिन थालेपछि सेवाग्राहीको चापसँगै भीडभाड उल्लेख्य बढेको हो । काठमाडौं उपत्याकामा दैनिक २०० को हाराहारीमा कोरोना भाइरस संक्रमित देखिन थालेपछि बैंकहरूले उपत्यकामा सीमित शाखा खोेलेर सेवा दिने थालेका हुन् ।















प्रतिक्रिया