३० आश्विन २०८३, शुक्रबार

डब्ल्यूएचओको नयाँ नियम : ५ वर्षमाथिका सबैले मास्क लगाउनु अनिवार्य

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ५ वर्षभन्दा माथिका सबैले मास्क अनिवार्य लगाउनु पर्ने बताएको छ ।

बालबालिका तथा किशोर अवस्थाका व्यक्तिबाट कोरोना भाइरस फैलन सक्ने भन्दै मास्क लगाउनुपर्ने नियम जारी गरेको डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओले ५ वर्षभन्दा माथिका बालबालिका तथा किशोरकिशोरीले वयस्क व्यक्तिले जस्तै मास्क लगाउनु पर्ने जनाएको बीबीसीले जनाएको छ ।

यसअघि किशोर अवस्थाका व्यक्ति कोरोना भाइरसको संक्रमण कम फैलिने देखिएकामा अहिले बालबालिका र किशोर अवस्थाका व्यक्तिबाट पनि वयस्कबाट जस्तै संक्रमण फैलिने पाइएकाले उनीहरुलाई मास्क अनिवार्य गर्न डब्ल्युएचओले सुझाव दिएको हो ।

डब्ल्यूएचओले ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क लगाउन अनिवार्य छैन भनेको छ भने ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन भनेको छ । कोरोना भाइरसका कारण विश्वभर दुई करोड ३३ लाख ८० हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने ८ लाख ९ हजार जनाको ज्यान गइसकेको छ ।