३० आश्विन २०८३, शुक्रबार

निषेधाज्ञा अवज्ञा गर्ने १४७ वटा सवारी बिहानै कारबाहीमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । काठमाडौं उपत्यकामा आइतबार बिहानै निषेधाज्ञा अवज्ञा गर्ने १४७ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।

निषेधाज्ञा पालना नगर्ने दुईपाङ्ग्रे १३६ वटा र चारपाङ्ग्रे ११ वटा गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शनिबार होल्ड गरिएका ७३५ वटा गाडीलाई राति ८ बजे छाडिएको थियो ।

निषेधाज्ञा उल्लङ्घनको घटना बढेमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।