
बारा, ६ भदौ । बारा जिल्लामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।
प्रहरीले निजगढ नगरपालिका १ पिपलटार बस्ने ५७ बर्षीय प्रेम बहादुर स्याङतान र उनका छोरा ३३ बर्षीय जनक बहादुर स्याङतानलाई लोड भएको २ नाल भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग हुने ३५ पिस छर्रा, ७ पिस फलामका टुक्रा र आधा बोतल बारुद सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ र अञ्चल प्रहरी पोष्ट
सिङगोलबाट खटिएको संयुक्त गस्ती टोलीले सोही नगरपालिका १ पिपलटारस्थित धन्सर खोलामा बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया