६ कार्तिक २०८३, शुक्रबार

नेकपा कार्यदलले बुझायो प्रतिवेदन, यस्ता छन् सर्वसम्मत सुझावहरु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गतिरोध अन्त्यका लागि गठित ६ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छ ।

कार्यदलले शनिबार साँझ प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

बालुवाटार स्रोतका अनुसार कार्यदलले प्रतिवेदन बुझाएको जनाएको हो ।

अध्यक्षद्वय प्रधानमन्त्री ओली र दाहालबीचको विवाद समाधानका लागि साउन ३० गते महासचिव बिष्णु पौडेलको नेतृत्वमा ६ कार्यदल गठन गरिएको थियो ।

एक साताभित्रै कार्यदलले सर्वसम्मत रुपमा सहमति गरि प्रतिवेदन तयार पारेको हो ।

कार्यदलद्वारा तयार प्रतिवेदनले महाधिवेसन विवाद समाधानको प्रमुख कदम रहेको संकेत गरेको छ । त्यस्तै, सरकार चलाउन आपसी छलफल र सहमतिलाई जोड दिइएको छ ।

कार्यदलले एकता महाधिवेशनअघि पार्टीले गर्नुपर्ने सवै काममा दुई अध्यक्षको व्यवस्थापन र सहमतीलाई केन्द्रमा राख्दै प्रतिवेदन बुझाएको छ ।

कार्यदलले बुझाएको प्रतिवेदनबारे अध्यक्षद्वयबीच छलफल हुने र सचिवालय बैठकमा पेस गरिने बताइएको छ ।

कार्यदलमा स्थायी कमिटीका नेताहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेका थिए ।

कार्यदलले प्रस्तुत गरेको सुझाव यस्ता छन् :

  • प्रधानमन्त्री ओलीको राजीनामालाई स्थगित राख्ने र स्थायी कमिटीको एजेण्डामा छलफल गर्ने
  • सैद्धान्ति र विवादित विषय महाधिवेशनबाट टुंग्याउने
  • आगामी चैतमा महाधिवेशन गर्ने
  • संघीय मन्त्रिपरिषद र प्रदेश सरकारमा हेरफेर गर्ने
  • कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिति बोलाउने