
काठमाडौँ, ६ भदौ । नेपालमा शनिबार थप ६ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको संख्या ३१ हजार १ सय १७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जनाएका छन् ।
देशभर हाल १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
त्यस्तै, अहिले देशका ६ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमितहरु रहेका छन् । मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौँमा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।
त्यस्तै, ३ जिल्लाहरु म्याग्दी, मुस्ताङ र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ ।















प्रतिक्रिया