
सिन्धुपाल्चोक, ६ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोमा पुरिएकी एक महिलाको शव शनिबार भेटिएको छ ।
चार वर्षकी छोरी पिठ्यूँमा बोकिरहेको अवस्थामा ती महिलाको शव भेटिएको हो । सानुकान्छी दोङ र चार वर्षकी छोरी करिश्माको शव पहिरो गएको ९ दिनपछि शनिबार भेटिएको हो ।
मृतक महिला ४ महीनाकी गर्भवती समेत रहेको स्थानीयबासीले बताएका छन् । उनका श्रीमान् र सासू भने घरबाहिर भएकाले बाँच्न सफल भएका छन् । श्रीमान् च्याङ्वा दोङ च्याउ खोज्न गएको र सासू काममा गएकाले पहिरोबाट बँच्न सफल भएका हुन् ।
प्रहरीका अनुसार उनी छोरी बोकेर भाग्दै गर्दा पहिरोले थिचेको हुन सक्ने अनुमान गरिएको छ । पहिरो जानु अघि पहिरोको डरले लिदीका स्थानीयबासी रातको समयमा घरबाहिर बस्ने गरेका थिए ।
गएको साउन ३० गते बिहान गएको पहिरोमा परेर ३९ जना हराएकोमा ३२ जानको शव भेटिएको छ भने अझै ७ जना हराइरहेका छन् ।















प्रतिक्रिया