आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा घोषणा

दैनिक नेपाल २०७७ भदौ ६ गते १५:४९

काठमाडौँ, ६ भदौ । दक्षिण कोरिया देशव्यापी निषेधाज्ञा जारी भएको छ ।

कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिन केही गतिविधिहरुमा देशभरि रुपमा निषेधाज्ञा घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।

सरकारले भेला हुन, रात्रिकालीन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भीडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको छ । स्वास्थ्य मन्त्री पार्क नेउङ हुले आजदेखि यस्ता गतिविधिहरुमा देशभरि नै रोक लगाइएको जानकारी दिए ।

दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण आज थप ३३२ जनामा देखिएको पनि उनले बताए। नयाँ थपिएका सङ्क्रमित मध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्रकै हुन् ।

दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ । त्यहाँ कोरोना संक्रमितको संख्या १७ हजार नाघिसकेको छ ।

सङ्क्रमण राजधानी बाहेक देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए । कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागू गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्धहरु लगाइएको हो । रासस

प्रतिक्रिया
सम्बन्धित