३० आश्विन २०८३, शुक्रबार

‘जाने बेला’मा नायिका शिल्पा पोखरेलको जीवन्त अभिनय, हेर्नुहोस् भिडियो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नायिका शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा उतारिएको गीतमा गायक भीम श्रेष्ठ र गायिका मेलिना राईको स्वर छ । राम अबिरल बिष्टको शब्द, राजन तिमिल्सिनाको संगीत सृजना रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ ।

फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउनेहरुमा बेदनालाई नजिकबाट केलाएको छ । भिडियोमा वैँशालु उमेरमा प्रेममा परेका तर परिस्थितिले प्रेमी–प्रेमीका एक हुन नसकेको असफल प्रेम कहानीलाई देखाउन खोजेको देखिन्छ ।

हेर्नुहोस् भिडियो–

https://youtu.be/hwvWzhQgZAc