
काठमाडौं, ६ भदौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित सयपत्री टोलमा तीजको दर खाने कार्यक्रम आयोजना गर्ने एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
परीक्षणका स्वाब दिएपछि उनले वरीपरीका महिलाहरुलाई बोलाएर दरको कार्यक्रम आयोजना गरेकी थिइन् । तर, ३० वर्षीया ती महिलाको शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको नतिजा आएको हो ।
ती महिलामा कोरोना पुष्टि भएसँगै दर कार्यक्रममा सहभागी महिलाहरु त्रसित बनेका छन् । उनले आयोजना गरेको दर कार्यक्रममा ५० जना भन्दा बढी महिला तथा आफन्तजन सहभागी भएको बताइएको छ ।















प्रतिक्रिया