झापा, ६ भदौ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दर्जनौं नेता कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
राप्रपाको कचनकवल–१ को विस्तारित बैठकका अवसरमा ती कार्यकर्ता कांग्रेस र नेकपा परित्याग गरी राप्रपामा प्रवेश गरेको संघीय सांसद राजेन्द्र लिंदेनले जानकारी दिए ।
उनले शनिबार यसबारे जानकारी दँदै ट्विट गरेका छन्, ‘नेकां र नेकपाका ४६ जना युवाहरू राप्रपामा प्रवेश । प्रतिकूलताकाबीच राप्रपालाई उठाई छाड्ने संकल्पमा अविचलित ।’

पछिल्लो समय राजनीतिक पार्टीहरुभित्र अनेक खालका वितृष्ण उत्पन्न भइरहेको बेला कार्यकर्ताहरु पार्टी परित्याग र प्रवेशको क्रम चल्न थालेको ।















प्रतिक्रिया