
जनकपुरधाम, ६ भदौ । सिरहामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत बुधबार मृत्यु भएका मिर्चैया नगरपालिका–४ का ६८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयकाका अनुसार शुक्रबार राती आएको रिपोर्टका आधारमा उनी संक्रमित देखिएको हो ।
उनको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।















प्रतिक्रिया