३० आश्विन २०८३, शुक्रबार

गगनको प्रश्न– पुजारी हत्या घटनाको अनुसन्धान के भइरहेको छ ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । संघीय सांसद एवं नेपाली कांग्रेसका नेता गगनकुमार थापाले रौतहटमा गोली हानी पुजारीको हत्या भएकोबारे अनुसन्धान के भइरहेको छ भनेर चासो व्यक्त गरेका छन् ।

शनिबार ट्विट गर्दै उनले सो घटनाबारे चासो व्यक्त गरेका हुन् । उनले ती पुजारीका हत्या सम्बन्धमा छिटो अनुसन्धान गरी दोषीलाई कारबाहीको माग समेत गरेका छन् ।

नेपाल प्रहरी केन्द्रीय कार्यालयको ट्विटर ह्याण्डललाई मेन्सन गर्दै नेता थापाले लेखेका छन्, ‘रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरेको तीन दिन वितिसकेको छ । घटनाको अनुसन्धान के भइरहेको छ ? अनुसन्धानमा विलम्ब नगर्न र सत्य तथ्य छानबिन गरी दोषीलाई शीघ्र कानूनी कारबाही गर्न सरकारसँग आग्रह गर्दछु ।’

बुधबार साँझ रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको थियो ।

साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको थियो ।