३० आश्विन २०८३, शुक्रबार

मिथिलाञ्चलमा चौठ चन्द पर्व आज मनाइँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ६ भदौ । मिथिलाञ्चलको लोक पर्वको रूपमा रहेको चौठ चन्द पर्व आज मनाइँदैछ ।

भाद्र शुक्लपक्षको चौथी तिथिका दिन मनाइने यो पर्वलाई मिथिलाञ्चलको महापर्व छठपछिको दोस्रो ठूलो पर्वको रुपमा मानिन्छ । चौठ चन्द पर्वका दिन महिलाहरु व्रत बस्ने चलन छ । यस पर्वमा घरको आँगनमा पूजा गरिने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।

सो क्रममा नयाँ माटोको भाँडोमा दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ । पूजामा विशेष परिकारहरु बनाउने चलन रहेको छ । यस पर्वमा प्रसादको रूपमा पिरकिया, खजुरीया, खाजा, लड्डू, पुरी र खीर घरघरमा बनाउने चलन छ ।

फलफूलका अतिरिक्त दहीले भगवान गणेश र चन्द्रमाको पूजा गरिन्छ । चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठ चन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रा, घरमा तयार पारेको पकवान, मिठाइ, गाजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ ।