७ मंसिर २०८३, सोमबार

शनिबार बिहान निषेधाज्ञा उल्लंघन गर्ने एक सयभन्दा धेरै सवारी साधन कारबाही

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ६ भदाै । काठमाडाैं उपत्यकामा शनिबार निषेधाज्ञा अवज्ञा गर्ने १ सयभन्दा धेरै सवारी साधन प्रहरी कारबाहीमा परेका छन् ।

शनिबार बिहान एक सयभन्दा धेरै सवारी साधन कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

शुक्रबार होल्ड गरिएका ७४७ गाडीलाई राति ८ बजे छाडिएको थियो । निषेधाज्ञा उल्लङ्घनको घटना बढेमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

ऐनअनुसार ५ सय रुपियाँसम्म जरिवाना वा १ महिना कैद अथवा दुवै सजाय हुन सक्छ ।