भरतपुर, ६ भदाै । चितवनकाे रत्ननगर बकुलहर अस्पताल टाँडीका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल भएका छन् ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा.बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।
भरतपुर अस्पतालबाट स्वाब दिएका ३९ वर्षीय डा.बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । डा.बगालेलाई साउनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कार्य क्षेत्रमै खटिएका बेलामा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाका कारण डा.बगालेले स्थानीयबाट दुर्व्यवहारको शिकार भएका थिए ।











प्रतिक्रिया