शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘त्यो तिमि हौ’ मा राजेशपायलको स्वर, दयाहाङ र आँचलको रोमान्स

दैनिक नेपाल २०७७ भदौ ५ गते २१:२९

 काठमाडौं । राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ।

‘त्यो तिमि हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत छ । रचनाकार निर्मला राई ‘परिवेश’ले थुप्रै चलचित्रका गीत तथा एल्बमका गीतहरु लेखीसकेकी छिन् ।

मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा चलचित्रका नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई फिचर्ड गरिएको छ ।

महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुदिप बरालले छायाँकन, प्रज्वलित पराजुलीले सम्पादन र जुनीम गहतराजले कलर संयोजन गरेका छन् ।

भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन् । भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो–

प्रतिक्रिया
सम्बन्धित