
सप्तरी, ५ भदौ । सामुहिक रुपमा टीभी हेरिरहेकी ११ वर्षीयाा बालिका बत्ती गएपछि बलात्कृत भएकी छिन् ।
बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले महदेवा गाउँपालिका–३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारविरुद्ध बिहीबार उजूरी दर्ता गरेको छ ।
सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला आरोपितले गत सोमबार राति ९ बजे बालिकाको मुख थुनी नियन्त्रणमा लिई टोलभन्दा करीब ४०० मिटर टाढा लगेर बलात्कार गरेको आरोपमा उजूरी दर्ता गरेको हो ।
पीडितकी आमाले दिएको उजूरीका आधारमा स्वास्थ्य परीक्षण र थप अनुसन्धानपछि उजुरी दर्ता गरिएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालयले उजूरी दर्ता गरी आरोपितको तीव्रताका साथ खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले बताए ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलबार स्वास्थ्य परीक्षण भएको छ ।















प्रतिक्रिया