
काठमाडौँ, ५ भदौ । रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा नं.२ खेसरहीया स्थित श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानी हत्या गरिएको घटनाको विश्व हिन्दू परिषद नेपालले घोर भत्सर्ना गर्दै देशै भरिका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।
घटनाको भोली पल्ट नै विश्व हिन्दू परिषद् नेपालको राष्ट्रिय समितिले प्रेस बिज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गर्दै दोषी उपर कड़ा करवाहीको माग गरेको थियो ।
त्यस्तै राष्ट्रिय समितिले राष्ट्रपति, प्रधानमंत्री तथा गृहमन्त्री समेतलाई सोही दिन ईमेल मापÞर्mत ज्ञापन पत्र बुझाएको थियो ।
परिषदले घटनाको कडा निन्दा गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण र हत्यामा संलग्न अपराधीलाई यथासिघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारबाहीको माग सहित मृतक सन्तलाई शहिद घोषणा लगायतका मागसहित प्रमुख जिल्ला अधिकारीहरुमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
सो ज्ञापनपत्र बुझाउने क्रममा विश्व हिन्दु परिषद नेपालका जिल्ला स्तरीय पदाधिकारी एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकै बाट कन्चटमा गोली हानेका थिए । मुलुकमा दिन प्रति दिन हिन्दू आस्था माथि खेलवाड़को घटना बढ्दै गएको छ ।
कहिले मठमन्दिर माथि आक्रमण, कहिले पूजापाठ हुने ठाउँमा गैर हिन्दूहरुको अनावश्यक चलखेल,सरकारी एवं गैर सरकारी निकायको मिलिमतोमा धर्म परिवर्तन र राजनीतिक दलका नेताहरुको हिन्दू बिरोधी अभिब्यक्ति सनातन धर्म माथि बारम्बार प्रहार हुनु आफैमा चिन्ताजनक रहेको छ । पुजारी हत्या भएको सन्दर्भमा विश्व हिन्दू परिषद् नेपाल लगायतका हिन्दूवादी संघसंस्था आक्रोशित भएका छन ।
















प्रतिक्रिया