
काठमाडौं, ५ भदौ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएसँगै कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १/१ जना गरी ११ जनाको ज्यान गएको छ । जसमा १ जना महिला र १० पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको कुल संख्या १८ हजार २१४ पुगेको पनि गौतमले बताए ।















प्रतिक्रिया