
चितवन, ५ भदौ । चितवनमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो ।
यसअघि ६ वटा मात्रै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकामा यसपटक भने जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । यसअघि साउन ३२ गतेबाट जिल्लाका माडी नगरपालिकाबाहकेकका स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको थियो ।
चितवनमा कोरोना संक्रमितको संख्या ३०० नाघेको छ भने हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया