शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

श्रीमतीका लागि तीजको व्रतमा गायक प्रमोद खरेल

दैनिक नेपाल २०७७ भदौ ५ गते १४:५६

काठमाडौं, ५ भदौ । गायक प्रमोद खरेल आफ्नी श्रीमतीका लागि तीजकको ब्रत बसेका छन् ।

श्रीमतीका लागि आफू व्रित बसेकोबारे उनले आफ्नो ट्विटरबाट जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘श्रीमतीले आजको दिन सधैं श्रीमानको लामो आयुका लागि व्रत बस्छन्, तर उनी बिराम भएको ३ महीना भयो, सुधार धेरै भए पनि उनी यसपाली सक्दिनन, यसपाली म उनको लागि किन नबस्ने ??? यसपाली मैले उनको लागि व्रत बस्दैछु…’

प्रमोदकी अर्धाङ्गीनि यसपटक सुत्केरी छिन् भने त्यो भन्दा बढ्ता उनी अन्य शारीरिक समस्याले ग्रस्त भएकी छिन् । त्यसैले श्रीमती व्रत बस्न नसक्ने भएपछि आफू नै व्रत बसेको उनको भनाइ छ ।

करीब अढाइ महीनाअघि खरेल दम्पत्ति छोरी प्रत्यासीका आमाबुवा बनेका छन् । बच्चा जन्मने बेला श्रीमतीको शल्यक्रिया गर्नु परेकाले सुत्केरी अवस्थाबाट तंग्रिन दीपालाई लामै समय लागेको थियो ।

यस दौरान श्रीमतीको स्वास्थ्यका कारण प्रमोद निकै तनावमा परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित