
पर्सा, ५ भदौ । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।
वीरगञ्ज हेल्थ केयर कोभिड–१९ अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको आज शुक्रबार दिउँसो मृत्यु भएको हो । मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पतालले बताएको छ ।
त्यसअघि नारायणी अस्पतालको आईसीयूमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेमा २५ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन् ।















प्रतिक्रिया