
गुल्मी, ५ भदौ । गुल्मीमा मदिरा पिएका दुई जना पुरुष शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको मालिका–७ घमिर भानपोखरास्थित देउराली होटलको पलङ्ग मुनि स्थानीय ३६ वर्षीय बकबहादुर विक मृत फेला परेका हुन् । उनीहरुले अत्यधिक मात्रामा मदिरा सेवन गरेको प्रहरी प्रवक्ता डीएसपी केदारराज पन्थले जानकारी दिए ।
उनका अनुसार इस्मा गाउँपालिकामा पनि मदिरा सेवन गर्ने अर्का पुरुष मृत फेला परेका छन् । वडा नम्बर २ पालुखाका ३१ वर्षीय चुराबहादुर कुँवर बारीको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
यो पनि पढ्नुहोस्
















प्रतिक्रिया