
काठमाडौं, ५ भदौ । कोरोना संक्रमण देखिएको जोखिमयुक्त स्थानमा काठमाडौं महानगरपालिकाले निसंक्रमण (डीस्इन्फेक्ट) गर्ने भएको छ ।
कोभिडको संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिन लागेको महानगरले बताएको छ । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को माहामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफूल बजारलगायत स्थानमा सुरुदेखि नै डिसइन्फेक्टेन्ट कार्यलाई निरन्तरता दिदैँ आएको थियो ।
संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रमा निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । यसका लागि दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने महानगरको तयारी छ ।















प्रतिक्रिया