३० आश्विन २०८३, शुक्रबार

घाँस काट्न निस्केकी महिला बेपत्ता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बनेपा, ५ भदौ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ तीनघरेमा घाँस काट्न गएकी एक महिला बेपत्ता भएकी छिन् ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार अन्दाजी ५५ वर्षीया मैंया बजगाइँ बिहीबार दिउँसो घाँस काट्न जाने क्रममा माथिबाट खसेको ढिस्कोमा परेर बेपत्ता भएकी हुन् । उनको खोजी कार्य भइरहेको छ ।

हराइरहेकी बजगाइँको खोजी कार्यका लागि स्थानीयबासीन्दा र सुरक्षाकर्मीको टोली खटिएको भए पनि अझैसम्म फेला नपरेको वडा नं. ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहालले बताए । कांक्रेबाट घाँस काट्न तीनघरे पुगेकी ती महिलालाई ढिस्कोले पुरेको हो ।