
काठमाडौं, ५ भदौ । ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति, ललितपुरले शुक्रबार विज्ञप्ति जारी गर्दै एक महिला तथा पुरूषको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ । मृतक ३० वर्षीया महिला दोलखा निवासी रहेको बताइएको छ । उनी भदौ २ गते उपचारका लागि त्यहाँ भर्ना भएकी थिइन् ।
यसैगरी मृतक पुरूष सर्लाही, मलंगवाका हुन् । ४६ वर्षीय उनको पनि आजै बिहान मृत्यु भएको हो । उनी साउन ३१ गतेदेखि उपचाररत् थिए ।















प्रतिक्रिया