३० आश्विन २०८३, शुक्रबार

उल्लासको अवस्था छैन, जीवन रक्षालाई महत्व दिएर तीज मनाऔँ : प्रधानमन्त्री ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्दै तीज मनाउन आग्रह गरेका छन् ।

ट्विटरमार्फत तीजको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले तोकिएको सीमाभित्र रहेर तीज पर्व मनाउन र आ–आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गरेका हुन् ।

प्रधानमन्त्रीले ट्विटरमा लेखेका छन्, ‘यस वर्षको तीज कोरोना महामारीले सृजना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।’