२ कार्तिक २०८३, सोमबार

रुसले कोराेना खोपको प्रभावकारिता र सुरक्षाका विषयमा अध्ययन शुरु गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्काे, ५ भदाै । रुसले आफ्नो देशमा निर्माण गरेको खोपको प्रभावकारिता र सुरक्षाका विषयमा अध्ययन शुरु गर्ने भएको छ ।

‘स्पुतनिक ५’ नाम दिइएको खोपलाई आगामी सातादेखि हजारौं स्वयंसेवकमा परीक्षण गरिँदैछ । यससँगै यसको प्रभावकारिता र सुरक्षाका विषयमा अध्ययन गर्न लागिएको हो ।

विश्वले रुसले तयार पारेको भनिएको खोपको विश्वसनीयतामाथि प्रश्न उठाइरहेका बेला अध्ययन गर्न लागिएको छ ।

४५ भन्दा बढी स्वास्थ्य केन्द्रमा ४० हजार बढी मानिस अध्ययनमा सहभागी हुनेछन् । खोपलाई मास्कोको गामेलिया इन्सिच्युटले तयार पारेको थियाे ।