आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

भारतमा २४ घण्टामा ६८ हजारभन्दा धेरैमा कोरोना संक्रमित

दैनिक नेपाल २०७७ भदौ ५ गते ६:२६

नयाँदिल्ली, ५ भदाै । भारतमा २४ घण्टामा ६८ हजारभन्दा धेरैमा कोरोना संक्रमित भेटिएका छन् ।

भारतमा एकैदिन ६८ हजार पाँच सयभन्दा धेरैमा कोरोना संक्रमित भेटिएकाे जनाइएकाे छ । नौ सय ८१ जनाकाे मृत्यु भएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

भारतमा अहिलेसम्म २९ लाख चार हजारभन्दा धेरैमा संक्रमित हुँदा ५४ हजार नौ सय ७५ जनाको मृत्यु भइसकेकाे छ ।

पछिल्लाे २४ घण्टामा कोरोना भाइरसबाट ब्राजिलमा ११ सय १५ जना र अमेरिकामा नौ सय ८५ जनाको ज्यान गएको छ ।

विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट एकैदिन पाँच हजार छ सय १७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या सात लाख ९५ हजार आठ सय भन्दा धेरै भएको छ ।

दुई करोड २८ लाख आठ हजार भन्दा धेरैमा सङक्रमण भएकोमा एक करोड ५४ लाख ९१ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित