शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पत्रकार नहर्की ‘विरानो देश’ दर्शकको रोजाईमा पर्दै (भिडियोसहित)

दैनिक नेपाल २०७७ भदौ ४ गते २१:४०

काठमाडौँ । ‘दुःखी छु दुःखले छुन चाहन्न, त्यसैले तिम्रो हुन चाहन्न…’ बोलको राज सिग्देलको श्वर तथा संगितमा रहेको गीतका रचनाकार हुन् पत्रकार अमरराज नहर्की ।

गीत लेखनबाट छोटो समयमा नै चर्चामा आएका सञ्चारकर्मी नहर्कीले लेखेको ‘पवित्र मायालाई मिसायौ जहरमा, म पाईला टेक्निद तिम्रो सहरमा …’ बोलको गीत पनि मर्मस्पर्शी रहेको छ । पत्रकार नहर्कीको शब्द रहेको अर्को मर्मस्पर्शी गीत बजारमा आएको छ ।

स्वेदशमै रोजगारी दिनुपर्छ भन्ने सन्देस प्रवाह गर्नको लागि उनले रचना गरेको ‘विरानो देश’ नामक गीतको म्युजिक भिडियो बजारमा आएको छ ।

‘हातको रुमाल मैलो भयो धोईदिने कोही छैन
विरानो देशमा मै मरी गए रोईदिने कोही छैन
मरि हालें भने पनि नेपालमै मर्न पाउँ
आँखाभरी झल्किरहन्छ म जन्मेको गाउँ …।’

यस्ता मर्मस्पर्शी शब्दहरु रहेका छन् ‘विरानो देश’ गीतमा । गीत दर्शको रोजाईमा परेको छ । गीत ल्याएको एक दिनकै अवधिमा १२ हजार भन्दा बढी पटक हेरिसकिएको छ ।

स्वदेशमा रोजगारी सृजना गरी विदेश जानु पर्ने बाध्यतालाई अन्त्य गर्नु पर्छ भन्ने सन्देस दिने उद्धेश्यले गीत ‘विरानो देश’ को म्युजिक भिडियो निर्माण गरिएको गीतको निर्माता प्रभा नहर्कीले बताईन् ।

म्युजिक भिडियो लाई सुप्रसिद्ध म्युजिक च्यानल ओएसआर डिजिटल, काठमाडौंको मार्फत बजारमा ल्याईएको हो । गीतमा श्वर तथा सङ्गीत नवराज थापाको रहेको छ ।

म्युजिक भिडियोको निर्देशन पत्रकार समुन्द्र पौडेलले गरेका छन् । गीतमा मूख्य कलाकारहरुमा सुदीप पौडेल र पूजा केसी छिन् । कलाकार सुदीप पनि सञ्चारकर्मी हुन् । गीतमा ड्रोन महेश वाग्ले र छायाङ्कन रमेश शर्माको रहेको छ ।

नेपालमा बेरोजगारीको समस्याले गर्दा धेरै युवाहरु वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यतात्मक अवस्था रहेको विदेश गएका कयौं युवा जोखिम युत्त काम गर्नु पर्दा मृत अवस्थामा फर्किनु परेको कारुणीकतालाई गीतमा समेटिएको छ ।

वैदेशिक रोजगारीले रेमिटान्स भित्राएको छ तर यसले हामीलाई कहिल्यै नमेटिने गहिरो चोटहरु पनि दिएकोले सन्देश मुलक गीत लेखेको गीतकार नहर्कीले बताए ।

‘दुःखी छु दुःखले छुन चाहन्न त्यसैले तिम्रो हुन चाहन्न ……’ बोलको राज सिग्देलको श्वर तथा संगितमा रहेको गीतमा पनि पत्रकार नहर्कीले लेखेका हुन् । पत्रकार नहर्की साहित्यको माध्यमबाट पर्यटन प्रबद्धन गर्नु पछ भन्ने अभियानमा पनि छन् ।

तनहुँको भानु नगरपालिका–४ स्थित पर्यटकिय स्थल राना गाउँमा बारेमा लेखेको गीत पनि पत्रकार नहर्कीको हो । झण्डै दुई दशक देखि पत्रकारितामा गर्दै आउनु भएका नहर्की गोरखापत्र दैनिकका तनहुँ समाचारदाता हुन् ।

भिडियोः

प्रतिक्रिया
सम्बन्धित