६ कार्तिक २०८३, शुक्रबार

एकै दिनमा कोरोनाका कारण थप ६ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ४ भदौ । कोरोनाभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकमध्ये २ जना महिला र ४ जना पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौँकी एक महिला, मकवानपुर, सप्तरीका एकएक पुरुष र पर्साकी एक महिला र २ पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको जनाए । यससँगै कोरोनाले ज्यान गुमाउने १२६ पुगेका छन् ।

त्यस्तै, बिहीबार थप ७०७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार कोरोना संक्रमण पुष्टि भएकामध्ये १९२ महिला र ५१४ पुरुष रहेका छन् । योसहित संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २६४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।