६ कार्तिक २०८३, शुक्रबार

थप ७०७ मा कोरोना, संक्रमितको संख्या ३० हजार नजिक, थप २६४ डिस्चार्ज

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ भदौ । नेपालमा बिहीबार थप ७ सय ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ७ सय ७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ सय ६४ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।

हाल देशभर ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण भएको थियो । यससँगै हालसम्म ५ लाख ६५ हजार बढीको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, गत २४ घण्टामा थप ६ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या १ सय २६ जना पुगेको मन्त्रालयले जनाएको छ ।