२ कार्तिक २०८३, सोमबार

एम्बुलेन्सबाट खसेर एक युवतीको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ४ भदौ । दाङमा एम्बुलेन्सबाट खसेर एक युवतीको मृत्यु भएको छ ।

लमही नगरपालिका ७ बनघुर्सीमा एम्बुलेन्समा सवार राजपुर गाउँपालिका ७ भैसाहीकी ३५ वर्षीया कमला विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १ च १६४५ नम्बरको एम्बुलेन्स रोकेर पुन गुड्ने क्रममा एम्बुलेन्समा सवार उनी खसेकी थिइन् ।

गम्भीर घाइते भएकी उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरी कार्यालय लमहीले एम्बुलेन्ससहित चालकलाई वडा नियन्त्रणमा लिएको छ ।