३० आश्विन २०८३, शुक्रबार

निको भएर घर फर्किंएकी महिलाको एम्बुलेन्सबाट खसेर ज्यान गयो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, ४ भदौ । उपचारपछि निको भएर घर फर्किएकी राजपुर गाउँपालिका–७ भैंसाही, दाङकी ३५ वर्षीया एक महिलाको एम्बुलेन्सबाट खसेर ज्यान गएको छ ।

एम्बुलेन्सबाट खसेर घाइते भएकी कमला विकको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बुधबार साँझ मृत्यु भएको हो । उनी बाँकेबाट उपचारपछि घर फर्किंदै थिइन् । तर, लमही नगरपालिका–७ बनघुस्रीमा पुगेपछि गुडिरहेको भे १ च १६४५ नम्बरको एम्बुलेन्सबाट खसेर उनी घाइत भइन् र उपचारको क्रममा ज्यान गयो ।

एम्बुलेन्स पछाडिको ढोका आफैं खुलेपछि उनी गुडिरहेको एम्बुलेन्सबाट सडकमा खसेको बताइएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।