शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सञ्चारकर्मी प्रकाश र नायिका पूजाबीच कुरा मिल्यो, विवाद ढिसमिस

दैनिक नेपाल २०७७ भदौ ४ गते १३:१६

काठमाडौं, ४ भदौ । सञ्चारकर्मी प्रकाश सुवेदी र नायिका पूजा शर्माबीचको विवाद अन्त्य भएको छ ।

चलचित्र कलाकार संघ र चलचित्र निर्माता संघको रोहवरमा दुई जनाबीचको विवाद अन्त्य भएको भएको हो । चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले दुबै पक्षलाई राखेर सहमति गराइएको बताए ।

दुइपक्षबीच भएको सहमतिमा प्रकाशले सञ्चालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमति, उजुरी लगायतलाई अन्त्य गर्ने सहमति भएको बताइएको छ । सहमतिमा अब प्रकाशले आफ्नो कार्यक्रममा पेशागत मर्यादा र आचारसंहिताअनुरुप कार्य गर्नु पर्ने उल्लेख छ ।

टेलिभिजन कार्यक्रमबाटै सञ्चारकर्मी सुवेदीले नायिका शर्मालाई ‘दाह्रा भएकी’ भनेर मानमर्दन गरेका थिए । सोही कारण पूजाले चलचित्र सम्बद्ध विभिन्न संघसंस्थामा मुद्दा दर्ता गराएकी थिइन् भने प्रकाशले कार्यक्रममार्फत नै माफी मागेका थिए ।

तर, दुबै सन्तुष्ट नदेखिएपछि चलचित्र कलाकार संकले मध्यस्तता गरी विवाद समाधान गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित