आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

एकैदिन थपिए ६९ हजार संक्रमित, ५३ हजार ८६६ जनाको ज्यान गयो

दैनिक नेपाल २०७७ भदौ ४ गते ११:३१

नयाँ दिल्ली, ४ भदौ । छिमेकी मुलुक भारतमा एकैदिन ६९ हजार ६५२ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन् । उक्त अवधिमा कोरोना संक्रमणबाटै ९७७ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३६ हजार ९ सय २५ पुगेको छ  भने बिहीबार बिहानसम्म मृतकको संख्या ५३ हजार ८६६ जना पुगेको छ । संक्रमितमध्ये २० लाख ९६ हजार ६६४ जना निको भएर घर फर्किएको पनि मन्त्रालयले बताएको छ ।

भारतले हालसम्म देशभर ३ करोड १७ लाख भन्दा बढीमा भाइरस परीक्षण गरिसकेको जनाएको छ । संक्रमित संख्याका आधारमा भारत हाल विश्वकै तेस्रो स्थानमा छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा ५५ लाख २९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । कोरोनाले अमेरिकामा १ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

दोस्रो प्रभावित ब्राजिलमा अहिलेसम्म कुल ३४ लाख ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ लाख ११ हजार १ सय जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित